मुख्य सामग्रीमा जानुहोस्
Logo
क्वयेर युथ ग्रुप

अनुसन्धान तथा ज्ञान निर्माण

research and knowledge building

जेन्डर-अफोर्मिङ्ग स्वास्थ्य सेवा पारलैङ्गिक र लैङ्गिक विविधता भएका व्यक्तिहरूको हित र आत्म-अनुभूतिका लागि आधारभूत आवश्यकता हो। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, व्यक्तिको लैङ्गिक पहिचानलाई समर्थन र सुनिश्चित गर्नका लागि प्रदान गरिने सामाजिक, मनोवैज्ञानिक, व्यवहारिक वा चिकित्सा सम्बन्धी विभिन्न हस्तक्षेपहरू यस अत्यावश्यक सेवा अन्तर्गत पर्दछन्।

यसमा हर्मोन रिप्लेसमेन्ट थेरापी (HRT), विभिन्न प्रकारका फेमिनाइजेसन वा मस्कुलाइजेसन शल्यक्रियाहरू (जस्तै: अनुहार वा स्वर), शरीरको रौँ हटाउने वा उमार्ने प्रक्रिया र पुनर्निर्माणसम्बन्धी शल्यक्रियाहरू समावेश हुन सक्छन्। यस्तो स्वास्थ्य सेवाको अभावमा लैङ्गिक डिस्फोरिया (Gender Dysphoria) हुनसक्ने तथ्यलाई हामी स्वीकार गर्दछौँ। नेपालमा जेन्डर-अफोर्मिङ्ग स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नका लागि QYG नीतिगत सुधारका लागि प्रतिबद्ध छ।

पहुँच सुविधा

कन्ट्रास्ट

पाठ साइज

पाठ स्पेसिङ

लाइन उचाइ

पाठ पङ्क्तिबद्धता

फन्ट प्रकार

कर्सर

संतृप्तता

विकल्पहरू