मुख्य सामग्रीमा जानुहोस्
Logo
क्वयेर युथ ग्रुप

कार्यक्रमहरू

events

क्वयेर युथ ग्रुपले भौतिक र भर्चुअल दुवै माध्यमबाट सचेतना, समावेशीकरण र सामुदायिक सशक्तिकरणका लागि नियमित कार्यक्रमहरू आयोजना गर्दै आएको छ। हाम्रा मुख्य कार्यक्रमहरू यस प्रकार छन् :

१. पारलैङ्गिक कानुनी साक्षरता सत्र

यस सत्रमा पारलैङ्गिक व्यक्तिहरूलाई कानुनी लैङ्गिक पहिचानको प्रक्रियाबारे व्यावहारिक मार्गदर्शन प्रदान गरिन्छ। यसमा सरकारी कागजातहरूमा नाम र लिङ्गको महल परिवर्तन गर्ने तरिकाहरूका बारेमा जानकारी दिइन्छ।

२. नेपाल गौरव यात्रा

हरेक वर्ष जुन महिनाको दोस्रो शनिबार आयोजना गरिने यस कार्यक्रमले सार्वजनिक स्थलहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको दृश्यता, ऐक्यबद्धता र अधिकारको उत्सव मनाउँछ।

३. पारलैङ्गिक गौरव यात्रा

हरेक वर्ष डिसेम्बर महिनाको दोस्रो शनिबार आयोजना गरिने यस यात्राले पारलैङ्गिक र लैङ्गिक विविधता भएका व्यक्तिहरूको आवाज, माग र खुसीलाई विशेष रूपमा उजागर गर्दछ।

४. छलफल शृङ्खला

क्वयेर युथ ग्रुपले हरेक महिनाको दोस्रो आइतबार मासिक छलफल शृङ्खला सञ्चालन गर्दछ। यसमा क्वयेर जीवन र वकालतसँग सम्बन्धित विभिन्न विषयहरूमा केन्द्रित रहेर संवाद गरिन्छ।

पहुँच सुविधा

कन्ट्रास्ट

पाठ साइज

पाठ स्पेसिङ

लाइन उचाइ

पाठ पङ्क्तिबद्धता

फन्ट प्रकार

कर्सर

संतृप्तता

विकल्पहरू