परिचय
क्वयेर युथ ग्रुप (QYG) नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार र मर्यादाको वकालत गर्न समर्पित युवाहरूको नेतृत्वमा सञ्चालित एक नाफा-रहित संस्था हो, जसले स्थापनाकालदेखि नै सीमान्तकृत यौनिक अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषता (PoMSOGIESC) भएका व्यक्तिहरूका लागि नीतिगत वकालत, सचेतना र सामुदायिक सहयोगमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। समानता र न्यायको परिकल्पनाबाट प्रेरित यस संस्थाले रणनीतिक मुद्दा मामिला, शिक्षा र स्रोत विकासमार्फत लैङ्गिक विविधताको सामाजिक एवं कानुनी मान्यतालाई सुदृढ बनाउन कार्य गर्दछ भने विशेषगरी भाषिक न्याय, समावेशी सार्वजनिक नीति र लैङ्गिक-मैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै प्राइड उत्सव र निरन्तर वकालतमार्फत सबै अल्पसंख्यकहरू गर्व र सुरक्षाका साथ बाँच्न सक्ने समाजको निर्माणमा केन्द्रित छ।
प्रतीक (लोगो)
क्वयेर युथ ग्रुपको लोगोमा पाँचवटा हातहरू एकआपसमा जोडिएर तारा आकारको गोलाकार स्वरूपमा रहेका छन्, जसले क्वयेर समुदायभित्रको एकता, ऐक्यबद्धता र आपसी सहयोगलाई प्रतीकात्मक रूपमा दर्शाउँछ। यस डिजाइनमा प्रत्येक हातलाई फरक-फरक 'प्राइड झण्डा' को रङ्ग दिइएको छ, जसले समूहले अङ्गालेको लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणको विविधतालाई प्रतिनिधित्व गर्दछ। माथिल्लो बायाँबाट घडीको उल्टो दिशामा जाँदा, पहिलो हातमा पारलैङ्गिक व्यक्तिहरूको प्रतिनिधित्व गर्ने हल्का नीलो, गुलाबी र सेतो धर्का भएको प्राइड झण्डा छ भने, दोस्रो हातमा परम्परागत पुरुष वा महिलाको द्वि-साँघुरो घेराभन्दा बाहिरका पहिचानहरूलाई जनाउने पहेंलो, सेतो, बैजनी र कालो रङ्गको गैर-द्वैसंख्यिक प्राइड झण्डा रहेको छ। त्यसैगरी, तल्लो भागमा रहेको तेस्रो हातले लैङ्गिक पहिचानको परिवर्तनशील प्रकृतिलाई झल्काउने गुलाबी, सेतो, बैजनी, कालो र नीलो धर्कायुक्त द्रवलैङ्गिक प्राइड झण्डा प्रदर्शन गर्छ। चौथो हात (तल्लो दायाँ) मा लैङ्गिक पहिचान महसुस नगर्ने व्यक्तिहरूको प्रतिनिधित्व गर्ने कालो, खैरो, सेतो र हरियो रङ्गको एजेन्डर प्राइड झण्डा छ। अन्तिममा, माथिल्लो दायाँतर्फको पाँचौं हातमा शारीरिक स्वायत्तता र अन्तर्लैङ्गिक व्यक्तिहरूको समावेशीकरणको प्रतीक पहेंलो पृष्ठभूमिमा बैजनी घेरा भएको प्राइड झण्डा रहेको छ। यी हातहरू जोडिएको केन्द्रमा प्राइड झण्डाका रङ्गहरूबाट बनेको तारा देखिन्छ, जसले समग्र सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता (PoMSOGIEGC / LGBTQAIP+) आन्दोलनभित्र जातीय र पारलैङ्गिक समावेशितालाई केन्द्रमा राख्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ।
