मुख्य सामग्रीमा जानुहोस्
Logo
क्वयेर युथ ग्रुप

कानुनी तथा नीतिगत सुधार

legal and policy reform

क्वयेर युथ ग्रुप पारलैङ्गिक र लैङ्गिक-विविधता भएका समुदायहरूलाई विशेष ध्यान दिँदै सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार र मर्यादा कायम राख्ने कानुनी तथा नीतिगत सुधारहरूका लागि काम गर्दछ। हाम्रो वकालतको उद्देश्य प्रणालीगत कानुनी र नीतिगत बाधाहरूलाई सम्बोधन गर्दै व्यापक सामाजिक रूपान्तरण ल्याउनु, लैङ्गिक पहिचानको मान्यता सम्बन्धी कानुनका लागि वकालत गर्नु र राष्ट्रिय नीतिहरूले नेपालका विभिन्न प्रदेशहरूमा रहेका सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको यथार्थ भोगाइलाई प्रतिबिम्बित गरुन् भन्ने सुनिश्चित गर्नु हो। हामी हानिकारक कानुनहरूलाई चुनौती दिन, कानुनी रिक्तताहरू हटाउन र सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका पहिचानलाई सम्मान गर्ने नीतिहरूलाई प्रवद्र्धन गर्न नीति-निर्माताहरू, संस्थाहरू र नागरिक समाजसँग सहकार्य गर्दछौँ।

यस कार्यमार्फत,क्वयेर युथ ग्रुप नेपालमा एक समावेशी लोकतन्त्र निर्माण गर्न प्रयासरत छ, जहाँ क्वयेर आवाजहरू केवल सुनिने मात्र होइन, बरु एउटा न्यायपूर्ण, समतामूलक र प्रतिनिधिमूलक समाज निर्माणका लागि अभिन्न हिस्सा बनुन्।

पहुँच सुविधा

कन्ट्रास्ट

पाठ साइज

पाठ स्पेसिङ

लाइन उचाइ

पाठ पङ्क्तिबद्धता

फन्ट प्रकार

कर्सर

संतृप्तता

विकल्पहरू